Blog

Menstruation Myths and Facts

Menstruation Myths and Facts

Menstruation Myths and Facts

महिनावारीसंग सम्बन्धित धारणाहरुः

भ्रम तथ्य
महिनावारी हरेक महिना ठिक समयमा हुनुपर्छ र एक हप्तासम्म रहनुपर्छ । महिनावारी हरेक ४ देखि ५ हप्तामा हुन्छ र सामान्यतय ५ दिनसम्म रहन सक्छ तर महिलाको स्वास्थ्य अनुसार छोटो वा लामो अवधि र नियमित वा अनियमित हुन
सक्छ ।
महिनावारीको समयमा व्यायाम गर्दा पाठेघरलाई हानि पु¥याउन वा बाँझोपना हुनसक्छ । साधारण शारीरिक गतिविधिले महिनावारीको दुखाइ कम गर्न, मुड ठीक राख्न र थकान कम गर्न मद्दत पु¥याउन सक्छ ।
PMS (Pre menstrual syndrome) यथार्थ होइन। महिलाहरुको मासिक चक्रको समयमा हर्मोन परिवर्तन हुनाले मुड परिवर्तन हुने, चिडचिडापन हुने वा एक्लोपन र डिप्रेसनको अनुभव हुने जस्ता PMS का लक्षणहरू देखा पर्न सक्छन् ।
महिनावारीको समयमा नुहाउनु असुरक्षित ड्डहुन्छ । तातो पानीले रक्त प्रवाह बढाउछ भने साधारण पानीले रक्त श्राव हुनबाट रोक्छ, जसले गर्दा शरीरमा नराम्रो असर पर्नसक्छ । तातो पानीले नुहाउनाले शरीरमा रक्त सञ्चार बढाउँछ जसले गर्दा महिनावारीको दुखाइ कम गर्नका साथै मांसपेशीहरुलाई आराम पुर्याउन मद्दत गर्दछ ।
महिनावारीको दुखाइ कम गर्न औषधि सेवन गर्नाले प्रजनन स्वास्थ्यमा असर पर्न जान्छ जसले गर्दा बाँझोपन र गर्भधारणमा समस्याहरू हुनसक्छ । महिनावारीको दुखाइलाई चिकित्सकीय भाषामा डिस्मेनोरिया भनिन्छ । कोहि महिलालाई यस्तो अवस्था छ भने आप्mनो स्त्री रोग विशेषज्ञसँग परामर्श लिएर सोही अनुसार औषधि प्रयोग गर्न सकिन्छ।

महिनावारीको दुखाइबाट राहत पाउनका लागि केहि प्रभावकारी उपायहरुः

Heat थेरापी

तातो पानीको बोतल वा तातो प्याडको प्रयोग गर्नाले तल्लो पेटको मांसपेशीका साथै ढाडको दुखाइबाट आराम पाउन सकिन्छ । विकल्पको रुपमा तातो पानीले नुहाउदा पनि महिनावारीको दुखाइमा राहत पुग्दछ।

हल्का व्यायाम

महिनावारी हुँदा अधिकांश महिलाहरूलाई व्यायाम गर्न मन नलाग्न सक्छ तर यो समयमा हल्का शरीर तन्काउने, हिडडुल वा योगा गर्नाले एन्डोर्फिन भन्ने हर्मोन उत्पादन हुन्छ जसले हाम्रो शरीरको दुखाई कम गर्दछ ।

पेटमा मालिस

पेटमा मालिस गर्नाले तल्लो पेटको मांसपेशीहरू बाउडिएको अवस्थामा आराम पुग्छ । यसका लागि तेल वा बडी लोसनको पनि प्रयोग गर्न सकिन्छ ।

सन्तुलित खाना र हाइड्रेसन

सन्तुलित खानेकुरा र पर्याप्त मात्रामा पानी पिउनाले महिनावारीको दुखाइ कम गर्न सहयोग हुन्छ । फलफूलहरुका साथै हरियो तरकारी, क्याल्सियम र बदामहरू खानु उपयोगी हुन्छ । तातो झोलिलो खानेकुराले पनि राहत दिन सक्छ ।

ओभर–द–काउन्टर (OTC) औषधि

प्राकृतिक घरेलु उपचारले दुखाइ कम नगरेको अवस्थामा Mefenamic acid, Ibuprofen जस्ता OTCऔषधिहरु लिन सकिन्छ । यी औषधिहरूले महिनावारीको दुखाइहरू कम गर्न सक्छन् ।

माथिका सुझावहरू हरेक महिलाका लागि फाइदाजनक नहुन सक्छन् – विशेष गरी पीडादायी महिनावारीको दुखाइ हुने महिलाहरुका लागि । यदि तपाईंले आफ्नो महिनावारीको समयमा अत्याधिक दुखाइको अनुभव गरिरहनुभएको छ भने, आफ्नो चिकित्सकसँग परामर्श लिएर सोहि अनुसार उपचार गर्न महत्त्वपूर्ण छ ।

जनचेतनाका लागि   द्वारा जारी

 

थप जानकारीका लागि

National Healthcare Pvt. Ltd.

E-mail: bpmd@nationalhealthcare.com.np

 

ABOUT

ThemeMove has offered premium WordPress themes on ThemeForest since March 2014. We are professional and reliable provider since we offer customers the most powerful and beautiful themes. Besides, we always catch the latest technology and adapt to follow world’s new trends to deliver the best themes to the market.

Useful Links